नियम
कार्य बिभाजन
(१) अध्यक्ष र सदस्यहरुको कामको बाँडफाँट तथा कार्य विभाजन आयोगको बैठकले निर्धारण गरे बमोजिम हुनेछ ।

(२) उपनियम (१): बमोजिम कार्यविभाजन गर्दा सामान्यतया अध्यक्ष तथा सम्बन्धित सदस्यको विषय विज्ञता तथा अनुभव समेतलाई दृष्टिगत गरी गरिनेछ ।

(३) उपनियम: (१) वा (२) बमोजिम कार्यविभाजन गर्दा कुनै सदस्यको कार्य विभाजनमा नपरेको विषय, क्षेत्र वा कामको जिम्मेवारी तथा अख्तियारी अध्यक्षको हुनेछ ।

(४) कुनै सदस्य अनुपस्थित भएको अवस्थामा निजलाई दिइएको जिम्मेवारी अध्यक्ष वा निजले तोकेको अन्य सदस्यमा रहनेछ ।

(५) कुनै सदस्यको स्थान रिक्त रहेको अवस्थामा बहाल: रहेका सदस्यबाट आयोगको काम कारबाही सम्पादन हुनेछ ।

(६) उपनियम (१) बमोजिम बाँडफाँट गरिएको जिम्मेवारीमा कुनै हेरफेर वा परिवर्तन गर्न आवश्यक भएमा आयोगको बैठकमा प्रस्ताव गरी निर्णय भएअनुसार हेरफेर वा प्स्चिर्नस पार्न र्खाकिसतट ।